तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी

काठमाडौँ । आइसिसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् ।


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका छन् । नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता खस्किएको छ  ।

ब्याटिङ वरीयतामा कुशल ६१ औँ स्थानमा रहेका छन् । यस अघि उनी ५९ औँ स्थानमा रहेका थिए । कुशल बङ्गलादेशका शकिब अल हसन भन्दा अघि रहेका छन् । हसन ६२ औँ स्थानमा रहेका छन् । घरेलु भूमिमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन् ।


नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का एक स्थान सुधार गर्दै ९१ औँ स्थानमा उक्लिएका छन् । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल एक स्थान सुधार गर्दै ९५ औँ स्थानमा रहेका छन् । 


खेलाडीको बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७९ औँ स्थानमा रहेका छन् । नेपाल टी–ट्वान्टी वरीयतामा यथावत् रहँदै १३ औँ र एक दिवसीयमा १६ स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button