तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा बाँकेका भीम ओली नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा बाँकेका भीम ओलीलाई नियुक्त गरेको छ । 

तत्कालीन मध्य पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रहेका ओलीलाई मन्त्री परिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको हो ।

ओली मध्यपश्चिम खेलकुद विकास समितिको अध्यक्ष हुँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा अग्रणी भूमिका निर्वाह गरेका थिए । यो प्रतियोगिता बाँकेमा आयोजना हुँदा बाँकेले करोडौँका खेल पूर्वाधारहरू पाएको पत्रकार झक गैरेले बताए । 

आठौँ राष्ट्रिय खेलकुद आयोजनाकै लागि बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला, पौडी पोखरी, सुटिङ रेन्ज लगायतका खेल मैदान बनेका थिए । ओली खजुरा गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

प्रदेश खेलकुद विकास ऐन, २०७६ को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७८।०४।०१ देखि लागू हुने गरी उनलाई प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको सदस्य सचिव पदमा नियुक्ति गरिएको हो । शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले नियुक्त गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button