तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले संसद्को गरिमा बढाउँछः डा रिजाल

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभएको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि  पेश गर्नुभएको प्रस्तावको पक्षमा मत जाहेर  गर्दै उहाँले लोकतन्त्रलाई जोगाउने र मुलुकको समृद्धिको बाटोमा अघि बढ्न सबैसँग सहकार्य गर्ने विश्वास दिलाउनुभयो ।



उहाँले हामी सबै मिलेर बनाएको संविधान र लोकतन्त्रको पाङ्ग्रा एउटा पक्षले भत्काउँदा ठीक हुने तर अहिले  पाखा लगाउँदा गलत हो भन्ने तर्क आफैँमा बेठीक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button