तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले ट्याक्टर र एक्स्काभेटर पुर्‍यो : एक जनाको मृत्यु

सांकेतिक तस्बिर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ६, डुम्रेमा पहिरोले ट्याक्टर र एक्स्काभेटर पुर्दा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दिया जिल्ला बासगढी नगरपालिका–४, का हाल डुम्रेमा बस्ने २७ वर्षका मुमलाल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोले पुरिएर घाइते भएका पुनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको लुम्बिनी मेडिकल कलेज तानसेनले जनाएको छ ।
शुक्रवार डुम्रेको भित्री सडक खण्डमा ढुङ्गा लोड गरेको लु ४ त ६६२९ नम्बरको हिलोमा फसेको ट्याक्टर निकाल्ने क्रममा लु १ क २४९६ र लु १ क २४९७ नम्बरको एक्स्काभेटरलाई माथिबाट आएको पहिरोले पुरेको थियो ।

पहिरोमा परी जेसीबी चालक रैनादेवी छहरा गाउँपालिका–१, का २० वर्षीय सरोज बुढा घाइते भएका छन् । घाइते बुढाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button