तपाईँ सुन्दै हुनुहुन्छः

विविध कार्यक्रमका साथ भानु जयन्ती मनाइयो

file photo

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ८ औँ जयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।


रामको जीवनीलाई समेटेर लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरी भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाउनुभएको छ ।


विक्रम सम्वत १८७१ असार २९ गते तनहुँको चुँदिरम्भा गाउँमा जन्मिनुभएका भानुभक्तको निधन १९२५ असोजमा भएको थियो ।


भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लोकप्रिय छन् ।


यस वर्ष पनि गत वर्ष जस्तै कोरोना भाइरसको संक्रमण फैलन सक्ने भएकाले भौतिक दूरी कायम गर्दै विविध कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाइएको छ ।


भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, वर्मालगायत नेपाली भाषाभाषी रहेको देश एवं स्थानमा पनि मनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button