तपाईँ सुन्दै हुनुहुन्छः

भानुभक्त आचार्यको जन्म दिनमा सार्वजनिक बिदा दिने नगरपालिकाको निर्णय

तनहुँ । नेपाल साहित्य क्षेत्रका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसर पारेर तनहुँको भानु नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले मङ्गलवार असार २९ गते आचार्यको सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 


तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा बिस.१८७१ मा जन्मनुभएका आचार्यको सम्झना र सम्मानमा प्रत्येक बर्ष विविध कार्यक्रम हुँदै आए पनि यस बर्ष भने कोरोनाका कारण साहित्यिक कार्यक्रमहरू आयोजना भएको छैन । 


महामारी फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरेर यस बर्ष २०८ औँ भानु जयन्ती मनाउन एक दिन सार्वजनिक बिदा दिनुबाहेक अन्य कुनै पनि निर्णय नगरिएको नगरपालिका प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । 


विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । 
भानुभक्तद्वारा लिखित रामायण सबैभन्दा लोकप्रिय कृति हो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति प्रकाशन भएका थिए भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि प्रख्यात हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button