तपाईँ सुन्दै हुनुहुन्छः

१ सय २५ जना अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वितरण

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा लकडाउनले प्रभावित १ सय २५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । 


गैर सरकारी संस्था इम्प्याक्ट नेपाल रुँगटा वेलफेयर कान उपचार केन्द्रले  उपमहानगरपालिकाको विभिन्न वडाहरूमा अपाङ्गता भएका व्यक्तिका परिवारजनलाई खाद्यान्न सामग्री वितरण गरेको वडा नं.२३ का वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो । 


अपाङ्गताको क्षेत्रमा कार्यरत इम्प्याक्ट नेपालले परवानीपुर गाउँपालिकाको वडा नं. ४ मा ३२ जना र वडा नं.५ मा २७ जना अपाङ्गहरूलाई खाद्यान्न सामग्री वितरण गरेको इम्प्याक्ट नेपालका परियोजना अधिकृत सुवास कोइरालाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button