तपाईँ सुन्दै हुनुहुन्छः

औषधी व्यवसायीहरूद्वारा बिरामीलाई फलफूल वितरण

उदयपुर । औषधी व्यवसायीहरूको छाता सङ्गठन नेपाल औषधी व्यवसायी सङ्घ उदयपुरले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको छ । 

सङ्घले आफ्नो ३८ औँ स्थापना दिवसको अवसरमा बिहीबार फलफूल वितरण गरेको हो । 

उनीहरूले उदयपुर जिल्ला अस्पताल र कोरोना सङ्क्रमितहरू राखेर उपचार गर्दै आएको नेपाल नेत्र ज्योति सङ्घ उदयपुरमा रहेको बिरामीहरूलाई फलफूल वितरण गरिएको सङ्घका अध्यक्ष उद्धव दाहालले बताउनुभयो । 

अध्यक्ष दाहालका अनुसार अस्पतालमा रहेको ३५ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो । 

फलफूल वितरण कार्यक्रममा उदयपुर जिल्ला अस्पतालका निमित्त मेसु जिभनारायण मण्डल, सङ्घका अध्यक्ष उद्धव दाहाल, महासचिव बिरेन्द्र झा, सचिव सनम राई, कोषाध्यक्ष विजय साह र सह–कोषाध्यक्ष सञ्जीव बस्नेत लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button