तपाईँ सुन्दै हुनुहुन्छः

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । मोरङको रङेली नगरपालिका ७ रङेली बजारमा पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 


मृत्यु हुनेमा प्र १–०२–०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई ६ सौठा का ४२ वर्षीय तिलक राज खड्का रहेका छन् ।


दुर्घटनामा गम्भीर घाइते भएका खड्काको रङेली अस्पताल पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्रिपर र चालक धनपालथान ६ का ३९ वर्षीय विद्या सागर राय इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button