तपाईँ सुन्दै हुनुहुन्छः

थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

File Photo

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ४ हजार ५ सय २२ जना संक्रमित भएका छन् । 


१२ हजार २ सय ४ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ३ हजार ७ सय ३ जना तथा ४ हजार ७ सय ९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय १९ जना गरी जम्मा ४ हजार ५ सय २२ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


देशभरबाट गएको २४ घण्टामा ४ हजार ९ सय ५४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ६४ हजार ८ सय ८२ जना निको भएका छन् । 


आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९० दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

देशभरि आज कोरोना सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ८ सय  १३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button