तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्चः गभर्नर

file photo

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायहरूको योगदान उच्च र महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।


नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरूसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको कार्यक्रममा गभर्नर अधिकारीले नेपाल राष्ट्र बैङ्कले आफ्ना पोलिसी र नीतिहरू मार्फत साना तथा घरेलु व्यवसायको विकासमा ध्यान दिएको बताउनुभयो ।


उहाँले सहुलियतपूर्ण कर्जाका लागि बैङ्कका प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र कुल कर्जाको १५ प्रतिशत एक करोड भन्दा साना कर्जाहरूमा जानुपर्ने व्यवस्था गरिएको र पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाख भन्दा सानालाई दिने गरी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।


गत वर्ष लगभग ४२ हजार साना व्यवसायीले पुनकर्जा लिएको राष्ट्र बैङ्कले जनाएको छ ।


महासङ्घका अध्यक्ष श्याम गिरीले उद्योगीहरूले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button