२०७८ साल साउन १० गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

बालिकाको हत्या आरोपमा दुई जना पक्राउ

रेडियो नेपाल २०७८ असार ७ गते १८:११

सप्तरी । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 


सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई सोमबार पक्राउ गरेको हो ।


हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा गत शुक्रवार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो ।


यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि सोमबार राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित