तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले खेल्ने एसियन कप छनौट खेलका मिति तय

file photo

काठमाडौँ । नेपालले खेल्ने एसियन कप छनौटको तेस्रो चरणका खेलहरूको मिति तय भएको छ । जसमा सन् २०२२ को फेब्रेवरी एक देखि सुरु भएर सेप्टेम्बर २७ मा सकिने भएका छन् । तेस्रो चरणको खेलको ड्र जुलाई एक तारिखमा हुने भएको छ । 


होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको पहिलो खेल फेब्रेवरी एक तारिखमा हुनेछ भने दोस्रो खेल मार्चको २४ मा हुनेछ । यस्तै तेस्रो खेल मार्च २९, चौथो खेल जुन १४, पाँचौँ खेले सेप्टेम्बर २२ र छैटौँ खेल सेप्टेम्बर २७ मा हुनेछ । 


तेस्रो चरणको खेलका लागि २२ टिम छनौट भएका छन् । त्यसबाट ११ टिमले फाइनल चरणमा स्थान बनाउनेछ । कुल २४ टिमको सहभागिता हुने एसियन कपमा साबिक विजेताका नाताले कतार र आयोजकका नाताले चीनले सोझै स्थान बनाएका छन् । बाँकी २२ टिम छनौट चरणबाट आउनेछन् । 


तेस्रो चरणका लागि छनौट भएका टिमलाई दुई समूहमा विभाजन गरेर खेल हुनेछ । नेपाल फिफा विश्वकप छनौटको समूह बी मा चौथो स्थानमा रहँदा एएफसीले छनौटको नियम परिमार्जन गरेपछि तेस्रो चरणमा प्रवेश पाएको हो । उत्तर कोरियाले विश्वकप छनौट र एसियन कप छनौट नखेल्ने भएपछि एएफसीले नियम परिमार्जन गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button