तपाईँ सुन्दै हुनुहुन्छः

देशभर थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

File Photo

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट २ हजार २ सय ९७ जना संक्रमित भएका छन् । 


६ हजार ५ सय  ८३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ५ सय ८४ जना तथा ४ हजार ३ सय २१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय १३ जना गरी जम्मा २ हजार २ सय ९७ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


देशभरबाट गएको २४ घण्टामा ३ हजार १ सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ५९ हजार ९ सय २८ जना निको भएका छन् । 


आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८९ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
देशभरि आज कोरोना सङ्क्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ७ सय  ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button