तपाईँ सुन्दै हुनुहुन्छः

चितवन ट्राफिकद्वारा ३६ हजार बढी सवारीसाधन कारबाही, ३ करोड भन्दा बढी राजश्व सङ्कलन

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले चालु आर्थिक बर्ष ०७७/०७८ को ११ महिनाको अवधिमा कार्यालयले ३६ हजार ४ सय २२ सवारीसाधनलाई कारबाही गरेको छ । 

यी मध्ये सबैभन्दा बढी १० हजार ६ सय ३ मोटरसाइकल चालक बढी कारबाहीमा परेका छन्  भने सबै भन्दा सबैभन्दा कम १ हजार ३९४   ट्याक्टर चालक कारबाहीमा परेका छन् । 

कार्यालयका अनुसार यस अवधिमा कारबाहीमा  ९ हजार १ सय ९८ जिप, कार चालक, ७ हजार ५ सय २९ ट्रक चालक, ४ हजार १ सय ४९ वटा बस र माइक्रो र ३ हजार पाँच सय ४९ ट्याम्पो र अन्य सवारी साधन चालक रहेका छन् ।

सवारीसाधन सङ्ख्या अनुसार लापरबाही र कारबाही पनि सोही अनुपात बढ्ने भएकोले मोटरसाइकलको बढी र ट्याक्टरको कारबाही कम भएको कार्यालयका प्रमुख भगवानराज थापाले बताउनुभयो । ‘जिल्लामा मोटरसाइकलबाट बढी लापरबाही, दुर्घटना, घाइते पनि यही सवारीसाधनबाट हुन्छ । कारबाही पनि बढी  यसैको हुन्छ ।’ थापाले भन्नुभयो  ।  

राजश्व सङ्कलन ३ करोड भन्दा बढी 

कार्यालयले चालु आर्थिक वर्षको  ०७७/०७८ जेष्ठ मसान्तसम्म ३ करोड ९  लाख ६५ हजार पाँच सय राजश्व सङ्कलन गरेको छ । 
एघार महिनाको अवधिमा सबै भन्दा बढी राजश्व सङ्कलन माघ महिनामा ४७ लाख १२ हजार ५सय र सबैभन्दा कम ज्येष्ठ महिनामा ९ लाख २३ हजार रुपैयाँ सङ्कलन गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार श्रावण महिनामा ९ लाख २६ हजार , भदौ महिनामा ६ लाख ८४ हजार पाँच सय,असोज महिनामा २९ लाख ७७ हजार पाँच सय, कात्तिक महिनामा ३४ लाख ३० हजार र मङ्सिर महिनामा ३६ लाख ६३ हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको छ । 

यसै गरी कार्यालयले पौष महिनामा ४४ लाख ४४ हजार पाँच सय रुपैयाँ, फागुन महिनामा ३१ लाख ६२ हजार पाँच सय, चैत्र महिनामा ३८ लाख १५ हजार पाँच सय र वैशाख महिनामा २२ लाख २५ हजार राजश्व सङ्कलन गरेको छ । पुष भन्दा अघिका  महिनामा दुर्घटनाको अनुपात बढ्दै गएका कारण त्यसपछिका महिनाहरूमा विशेष अभियान चलाइएका कारण माघ महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको चितवन  ट्राफिक प्रहरी प्रमुख थापाले बताउनु भयो  ।  

‘विशेष गरी मङ्सिरसम्म अघि दुर्घटना , घाइते र मृत्युको सङ्ख्या बढ्दै गयो थापाले भन्नुभयो , त्यसपछि वाग्मती प्रदेश ट्राफिक र जिल्ला प्रहरी कार्यालयको समन्वयमा चेकजाँचमा थप कडाइ गरियो । गत बर्ष लगाइएको लकडाउन पनि खुल्ला भयो ।’

ज्येष्ठ महिनाभर निषेधाज्ञा भएको र अति आवश्यक सवारी मात्र चल्नुका साथै अन्य सवारीसाधनको आगमन नभएकोले राजश्व सङ्कलनमा कमी आएको उहाँले बताउनुभयो  । ‘सार्वजनिक, निजी सवारी पनि चलेनन्, अतिआवश्यक सवारीसाधन मात्रै चले, उहाँले भन्नुभयो, कारबाही गरिएको भुक्तानी बैङ्क मार्फत सवारी धनीलाई तिर्न सहज पनि भएन ।’

सबैभन्दा बढी राजश्व सङ्कलन मोटरसाइकलबाट 

कार्यालयले चालु आवको  ज्येष्ठ महिनासम्म सबै भन्दा बढी राजश्व सङ्कलन मोटरसाइकलबाट गरेको छ । भने सबैभन्दा कम राजश्व सङ्कलन ट्याक्टरबाट सङ्कलन गरेको छ । 
जसअनुसार मोटरसाइकलबाट ११ महिनामा ८९ लाख ११ हजार पाँच सय रुपैयाँ र ट्याक्टरबाट १२ लाख १ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यसै गरी कार्यालयले जिप कारबाट ७९ लाख ३३ हजार रुपैयाँ, ट्रक ट्रिपरबाट ६६ लाख ३६ हजार पाँच सय, बस माइक्रोबाट ३५ लाख ६० हजार र ट्याम्पोबाट २७ लाख २२ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 

कार्यालय प्रमुख थापाले चितवनमा गुड्ने सवारीसाधन मध्ये मोटरसाइकलको सङ्ख्या बढी भएको र कारबाही पनि यो सवारीसाधनकै बढी हुनाले मोटरसाइकलबाट बढी राजश्व सङ्कलन हुने बताउनु भयो । ट्र्याक्टरको सङ्ख्या र आवागमन पनि कम हुने र विशेष गरी यी सवारीसाधन ग्रामीण क्षेत्र तिर गुड्ने र ट्राफिक प्रहरीको पहुँच कम हुने हुनाले पनि राजश्व सङ्कलन कम हुने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button