तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा असार १६ सम्म निषेधाज्ञा लम्बियो

तनहुँ । तनहुँमा आगामी असार १६ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । आइतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले कोरोना  भाइरसको संक्रमण जोखिम तनहुँमा कायमै रहेको भन्दै असार १६ गतेसम्म निषेधाज्ञा लगाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।

बैठकले निषेधाज्ञाको समयमा केही क्षेत्र खुकुलो बनाउँदै लम्ब्याउन प्रशासनसँग प्रस्ताव गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले बैङ्क तथा वित्तीय संस्थालाई १० देखि दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

यसै गरी अत्यावश्यक सेवा बिहान ५ देखि ९ बजेसम्म र अनुमति दिइएका सेवा बिहान ८ देखि ११ बजेसम्म खोल्न सिफारिस पनि बैठकले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button