तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकाको कोरोना कोषमा पाँचलाख सहयोग

जनकपुरधाम । कोरोनाको उपचारका लागि हंसपुर नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै हेप्पर ईन्टरनेशनल नेपालले नगरपालिकाको कोरोना उपचार कोषमा ५ लाख प्रदान गरेको छ ।

संस्थाका कार्यक्रम प्रबन्धक दिपेश पोखरेलले नगरपालिकाका प्रमुख रामज्ञान मण्डललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । नगरपालिकाले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा भर्ना भएका सङ्क्रमितलाई उपचारमा कुनै समस्या नआओस् भन्नका लागि रकम प्रदान गरेको संस्थाका कार्यक्रम प्रबन्धक पोखरेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै हंशपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले यस रकमबाट गरिब तथा विपन्न वर्गका सङ्क्रमितलाई सबै प्रकारको सहयोग गर्ने बताउँदै अक्सिजनको अभाव हुन नदिनका लागि प्रयोग हुने बताउनुभयो । रकमको पूर्ण सदुपयोग गर्ने बताउँदै उहाँले सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button