तपाईँ सुन्दै हुनुहुन्छः

अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैन :व्यापार मन्त्री

क्यानबेरा(रासस-सिन्ह्वा) ।अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने संकेत गरेको छ ।

अष्ट्रेलियाका व्यापार मन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला गर्न अष्टे«लियालाई हतार नभएको स्पष्ट पार्नु भएको हो ।

सिमाना खुल्ला गर्नु कति ठिक र कति बेठिक भन्ने विषयमा सरोकारवाला र विज्ञहरुसँग परामर्श तथा छलफलहरु भइरहेको उहाँले बताउनुभयो ।

सिमाना अहिले नै खुल्ला गर्न हतार गर्न नहुने सुझाव अधिकांश विज्ञ तथा सरोकारवालाहरुले दिएकाले अझै केही समय सिमाना नखुल्ने उहाँले स्पष्ट पार्नुभयो ।

विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्तहरु पुरा गरेर हवाई यात्रुहरुलाई भने अष्ट्रेलियाले आवत जावत गर्न दिएको छ ।

न्यूजील्याण्ड र अष्ट्रेलियाका बीचमा हवाई सेवा गत अप्रिलदेखि खुल्ला गरिएको छ । तर सबै देश तथा क्षेत्रलाई अष्ट्रेलियासँगको सिमाना खुल्ला गर्न भने अस्वीकार गरिएको छ ।

कोरोनाभाइरसको महामारी अझै पनि खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको व्यापार मन्त्री टेहानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button