तपाईँ सुन्दै हुनुहुन्छः

सांसद यादवद्वारा निःशुल्क एम्बुलेन्स सेवाको उद्घाटन

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले निःशुल्क एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको छ । 


पर्सागढी नगरपालिका वडा नम्बर ५ पँचरुखीले खरिद गरेको एम्बुलेन्सको आज एक कार्यक्रमका बिच उद्घाटन गर्दै सांसद यादवले ग्रामीण क्षेत्रका नागरिकलाई वीरगन्जसहित अन्य ठाउँमा उपचारका लागि जान एम्बुलेन्स उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले कोभिड १९ को महामारीमा एम्बुलेन्सकै अभावमा धेरै नागरिकले ज्यान गुमाएको अवस्थामा एम्बुलेन्सद्वारा प्रदान गरिने सेवा प्रभावकारी हुने बताउनुभयो । वडा नम्बर ५ ले कोभिड संक्रमित र शङ्कास्पदका लागि निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेजस्तै अन्य वडाहरूले पनि सकारात्मक कदमको अनुकरण गर्नुपर्नेमा सांसद यादवले जोड दिनुभयो । 


अन्य स्थानीय तहका वडाहरू गाउँपालिकाले देला भन्ने आशमा बसेको बेलामा वडा कार्यालय आफैले पहल गरेर एम्बुलेन्स खरिद गरी सञ्चालन गर्नु सह्रानीय कार्य भएको जनता समाजवादी पार्टीका नेता समेत रहेका यादवले बताउनुभयो । 


वडा कार्यालयले खरिद गरेको एम्बुलेन्सबाट वडा बासी मात्रै नभएर अन्य वडाका बासिन्दाले पनि लाभ लिने वडा नम्बर ५ का वडाध्यक्ष असलम आलमले बताउनुभयो । 


कार्यक्रममा जनता समाजवादी पार्टी का जिल्ला अध्यक्ष रामनरेश यादव, वडा सदस्य शतियाँ देवी, शिवमती देवी अहिरिन, योगेन्द्र साह लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button