तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महासचिव पोखरेलबाट आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण

काठमाडौँ । नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरूको निरीक्षण गर्नुभएको छ । 

महासचिव पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ स्थित बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर–६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलान लगायतको विकास योजनाहरूको निरीक्षण र जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा महासचिव पोखरेलले स्थानीयहरूसँग अन्तरक्रिया पनि गर्नुभएको थियो । 

पूर्वउपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बुढानीलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाहरूको पनि निरीक्षण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button