२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा

रेडियो नेपाल २०७८ असार ४ गते १८:०१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग गएको छ । अध्यक्ष यादवसहितका नेताहरूको टोलीले आज निर्वाचन आयोगमा पुगी जसपाको वैधानिकताको दाबी गरेको हो । 

यसअघि गत जेठ १८ को पार्टी पदाधिकारी बैठकले निर्णय गरेबमोजिम पार्टी आधिकारिक रूपमा सञ्चालन गर्नुपर्ने भएकाले यही असार ३ गतेको कार्यसमितिको निर्णयबमोजिम पार्टी आधिकारिताको विवाद निरूपण सम्बन्धमा निर्वाचन आयोगसँग दलको विधान तथा कानून बमोजिम निर्णयका लागि लिखित दाबी पेश गरिएको जसपाले आयोगलाई बुझाएको निवेदनमा उल्लेख छ ।

सत्ता समीकरणमा दुई पक्षमा विभाजन भएको जसपाको एउटा समूहको नेतृत्व यादव र अर्को पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको छ । ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ । पार्टी आधिकारिकताको लामो समयदेखि विवाद छ । दुवै पक्षले एक अर्कालाई कारबाही गरेर पार्टीबाट निष्कासन गरे पनि निर्वाचन आयोगले मान्यता दिएको छैन ।

यादव पक्षको बिहीबार भएको कार्यकारिणी समितिको बैठकले जसपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो । रासस

सम्बन्धित