तपाईँ सुन्दै हुनुहुन्छः

आज थप ४ हजार २० जना कोरोना सङ्क्रमणमुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

 काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट आज थप २ हजार ७ सय ६८ जना संक्रमित भएका छन् । 

आज ७ हजार ५ सय ६९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ६३ जना तथा ५ हजार ४ सय ६८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हाल सम्म पीसीआर परीक्षणमा ६ लाख १७ हजार ९ सय ४७ जना तथा एन्टिजेन परीक्षणमा २४ हजार ८ सय ६१ जना गरी जम्मा ७ लाख ४२ हजार ८ सय ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । 

यस्तै आज थप ४४ जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ८ हजार ६  सय ४१ पुगेको छ । 

आज थपिएको मृतकको सङ्ख्यामा नेपाली सेनाले यस अगाडिका विभिन्न समयमा व्यवस्थापन गरेको शवको सङ्ख्या समेत जोडिएको मन्त्रालयले जनाएको छ । 

यसै गरी आज थप ४ हजार २० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । 

यो सँगै हाल सम्म संक्रमण मुक्त हुनेको कूल सङ्ख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको र निको हुने दर ८९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button