तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व नगरप्रमुख मिश्रसँग प्रदेश प्रमुख झाको भेटघाट

जनकपुरधाम । प्रदेश नंं २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख एवं ज्येष्ठ नागरिक राजदेव मिश्रसंग भेटघाट गर्नु भएको छ । 

मिश्रको निजी निवासमा प्रदेश प्रमुख पुगेर मिश्रको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । निक्कै स्वच्छ छविका पूर्व नगर प्रमुख मिश्र बिरामी पर्नु भन्दा अगाडिसम्म जजीमानी गरेर गुजारा गर्दै आउनु भएको थियो । 

बिरामी परेर शारीरिक रुपमा कमजोर बनेपछि आफ्नो छोरासँगै बस्नु भएका पूर्व नगरप्रमुख मिश्र नगरको प्रमुख भएर नगरमा कतिपय सुधाको काम गर्नु भएको थियो । कुनै प्रकारको दाग नलागेका मिश्र अस्वस्थ भएर उपचार पछि घरमा नै बस्दै आउनु भएको छ ।

प्रदेश प्रमुख झाले उहाँको बारेमा आफूले धेरै कुरा सुनेको बताउँदै केही ज्ञान लिनका लागि आएको बताउनुभयो । उहाँको सदाचारी जीवनबाट धेरै कुरा सिक्न मिल्ने बताउँदै ज्येष्ठ नागरिकको समस्याहरूको बारेमा उहाँबाट जानकारी लिएको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button