२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको आँबुखैरेनीमा पृथ्वीराजमार्ग भासियो

किरण श्रेष्ठ २०७८ असार २ गते १४:४८

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत दमौली–मुग्लिङ सडक खण्डमा पर्ने आँबुखैरेनीमा सडक भासिएको छ ।

गत आइतबारदेखि अविरल वर्षाले तनहुँको आँबुखैरेनी–४ साँखरमा पहिरो गएको थियो । पहिरोबाट सडक करिब ३० मिटर भागमा क्षति पुगेको छ ।पहिरोले सडकमा क्षति पुगे सँगै केही बेर सवारी आवगमन अवरुद्ध हुन पुगेको थियो । अहिले एकतर्फी रुपमा राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित