तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३० अर्ब ३३ करोड ९४ लाखको बजेट प्रस्तुत

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि रु. ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । 


मंगलबार अपराह्न सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहले प्रदेश सभाको आठौँ अधिवेशनको बाह्रौँ बैठकमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । 

कुल विनियोजन मध्ये चालु तर्फ रु. १० अर्ब ६६ करोड ९ लाख ३ हजार अर्थात् ३५.१ प्रतिशत, पुँजीगत तर्फ रु. १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार अर्थात् ५८.२ प्रतिशत, अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत रु. १ अर्ब ७२ करोड ४५ लाख अर्थात् ५.७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु. ३० करोड अर्थात् १ प्रतिशत हुने गरी विनियोजन गरिएका मन्त्री शाहले जानकारी दिनुभयो ।


उक्त बजेट तथा कार्यक्रम माथिको छलफलका लागि टेबुल गरिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहले बताउनु भयो । बजेट तथा कार्यक्रम माथिको छलफलका लागि असार ६ गते आइतबार दिउँसो ३ बजे बैठक आह्वान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button