२०७८ साल साउन २२ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध नेपालको परिकल्पना पूरा गर्न निर्माण व्यवसायीको सहयोग आवश्यक : उपप्रधानमन्त्री पौडेल

अर्जुन श्रेष्ठ २०७८ असार १ गते १६:४३

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिकुल अवस्थामा समेत निर्माण कार्य जारी राखेकोमा निर्माण व्यवसायीको प्रशंसा गर्नुभएको छ । 

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधान एवम् अर्थमन्त्री पौडेलले समृद्ध नेपालको परिकल्पना पूरा गर्न निर्माण व्यवसायीको सहयोग आवश्यक रहेको बताउनुभयो । 

उहाँले गुणस्तरीय काम समयमा नै सम्पन्न गर्न सुझाव दिँदै ‘लो कस्ट’ मा टेण्डर बिड गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।         

उपप्रधान एवम् अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटका सम्बन्धमा महासङ्घले पेश गरेको लिखित सुझाव पत्र कार्यान्वयनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । 

महासङ्घको प्रतिनिधिमण्डलले उप–प्रधान एवम् अर्थमन्त्री पौडेललाई भेटेर सार्वजनिक खरिद नियमावली, निर्माण सम्झौता अनुसारको भुक्तानी, राजस्व लगायतका विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । 

सम्बन्धित