तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

पोखरा । गण्डकी प्रदेशको आउँदो आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार पेस गरेको सरकारको नीति तथा कार्यक्रम सभामुख नेत्रनाथ अधिकारीले बहुमतबाट पारित भएको घोषणा गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रम माथि छलफल गरी मङ्गलवार पारित गरिएको हो । नेपाली कांग्रेस नेतृत्वको नव गठित सरकारमा सामेल प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन मा नीति तथा कार्यक्रम पास भएको हो । सरकारले कोभिड–१९ सँगै स्वास्थ्य लक्षित कार्यक्रमका साथै कृषि, पर्यटन, पूर्वाधार एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मङ्गलवार नै चार बजे संसदमा प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री नभएकाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै बजेट प्रस्तुत गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button