२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा मापदण्ड पालना गरेर वित्तीय संस्था खोल्न राष्ट्र बैङ्कको निर्देशन

रेडियो नेपाल २०७८ जेठ ३१ गते १८:३९

file photo

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाका लागि नेपाल राष्ट्र बैङ्कले सोमबार नयाँ निर्देशन जारी गरेको छ ।

राष्ट्र बैङ्कले सोमबार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैङ्क तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।
कोरोनाको संक्रमण जोखिम न्यूनीकरणको लागि निषेधाज्ञा जारी भएका स्थानमा बैङ्क तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैङ्कले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।
राष्ट्र बैङ्कले जारी गरेको निर्देशन अनुसार आलोपालो गरी सेवा प्रदान गर्दा बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिनु पर्नेछ ।

सम्बन्धित