तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा एक साताका लागि निषेधाज्ञा थप

जनकपुरधाम । धनुषामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय भएको छ । आज मध्य राति १२ बजे देखि असार ७ गतेसम्म मध्य राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले थाको समीक्षा गर्दै कोरोना महामारीको अवस्थामा केही सुधार भए पनि निषेधाज्ञालाई निरन्तरता दिने पाँचौँ पटक निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
आर्थिक गतिविधिलाई थप चलायमान बनाउनका लागि निर्माण तथा अत्यावश्यक सामाग्रीहरूको बिक्री गर्ने पसल बिहान ५ बजेदेखि ११ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ । यसै गरी बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय, अर्ध सरकारी कार्यालयहरू ५० प्रतिशत कर्मचारीवाट स्वास्थ्य सुरक्षा सावधानी सहित सञ्चालन गर्ने निर्णय भएको छ ।
दैनिक उपभोग्य सामाग्रीहरूको कृत्रिम अभाव सृजना गर्ने माथि कडा कारबाही गर्ने बैठकले निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button