तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा एक साता लम्बियो निषेधाज्ञाः बैङ्क, पुस्तक पसल र वर्कसप खुल्ने

तनहुँ । तनहुँमा निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । निषेधाज्ञा अब आगामी असार ७ गतेसम्म हुनेछ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आइतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णय अनुसार बैङ्क तथा वित्तीय संस्थाहरू न्यूनतम कर्मचारी राखी अत्यावश्यक सेवाका लागी बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्न सकिनेछ ।
त्यस्तै बैठकले छापाखाना, पुस्तक तथा स्टेसनरी सेवा समेत प्रदान गर्न सक्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
यस्तै वर्कसप सेवा जसमा सवारी साधन र मोबाइल मर्मत समेत खुल्न पाउने भएका छन् । उक्त सेवाका लागि बिहान ५ देखि १० बजेको समय तोकिएको छ । यस अघि खुल्दै आएका अत्यावश्यकीय सामानका पसल पनि अब बिहान ५ बजेदेखि १० बजेसम्म खोल्न पाइने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button