तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार तथा सूचना प्रविधिमन्त्री थापाद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज पदभार ग्रहण गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पदभार ग्रहण लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री थापाले सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा सरकारले अघि सारेका योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो ।
उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्नुहुँदै सरकारले राखेका लक्ष्य पूरा गर्न मन्त्रालयका काम कारबाहीलाई केन्द्रित गरे अघि बढ्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री थापाले मुलुकको विकासको मेरुदण्ड नै सञ्चार तथा सूचना प्रविधिसँग गाँसिएकाले यसको विकासमा सबै सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो ।
नवनियुक्त  सञ्चार तथा सूचना प्रविधिमन्त्री थापाको स्वागत गर्दै सचिव हरिप्रसाद बस्यालले सरकारलाई सफल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्त्वपूर्ण भूमिका भएको उल्लेख गर्नुहुँदै त्यसका मन्त्रालय मातहतका कर्मचारी प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री थापाले साइबर सुरक्षा नीति, २०७८ अन्तर्गतको कार्यदल बनाउने निर्णयको फाइल सदर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button