२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोनाले चौबीस घण्टामा हुने मृत्यु अहिलेसम्मकै सबैभन्दा बढी

रेडियो नेपाल २०७८ जेठ २७ गते १०:४६

Ind

काठमाडौं । भारतमा कोरोना महामारी सुरु भए यताकै सबैभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार १४८ सङ्क्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा ९४ हजार ५२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९१ लख ८३ हजार १२१ पुगेको छ । चौबीस घण्टामा एक लाख ५१ ह्जार ३६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ७६ लाख ५५ हजार ४९३ सङ्क्रमित निको भएका छन् ।
हाल भारतमा ११ लाख ६७ हजार ९५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ६३० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित