तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त, पक्षमा ३० र विपक्षमा ९ मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनु भएको छ ।

नेकपा माओवादीका मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खसेको छ भने विपक्षमा ९ मत खसेको छ ।उहाँको पक्षमा  नेकपा माओबादी केन्द्रका १३ र एमालेका १७ परेको हो । नेपाली कांग्रेसका १२ जना तठस्थ रहनु भएको थियो ।राजपाका दुई जनाले मत दिएनन्।सभामुख अर्जुनबहादुर थापाले बिश्वासकाे मतकाे पक्षमा ३० मत, विपक्षमा ९ मत खसेकाे र १२ मत नखसेकाे घोषणा गर्नुभयो ।

भट्टलाई एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएको थियो । आज बिहान बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले भट्टको पक्षमा विश्वासको मत दिने निर्णय गरेको थियो ।त्यसअघि बैठकमा मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेश सभा सदस्यहरुले उठाएकाे सवालकाे जवाफ दिनुभएको थियाे ।

त्यस क्रममा उहाँले संविधान र लाेकतन्त्रकाे रक्षाका लागी सबै एक ठाउमा उभिनु पर्ने बत्ताउनुभयो । बैठकमा नेपाली काँग्रेसका गाेविन्द बाेहराे, नेकपा एमालेका दुर्गा कामी, माओबादी केन्द्रका अक्कल रावल र जसपाका कृष्ण चाैधरीले भाग लिनुभएकाे थियाे ।

 

सुदूरपश्चिम प्रदेशसभा बैठक (प्रत्यक्ष प्रसरण)

प्रतिक्रिया राख्नुहोस्

Back to top button