तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज मेडिकल कलेजमा बन्द ओपिडी आइतबारदेखि सुचारु हुने

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आइतबारदेखि बहिरङ्ग सेवा (ओपिडी) सुरु गर्ने भएको छ ।
कोरोना सङ्क्रमितहरूको चाप बढेसँगै अस्पतालमा कोभिड बाहेक अन्य सबै सेवा बन्द गरिएको थियो । पछिल्लो समय कोभिडका बिरामी घट्दै गएपछि अस्पतालले सबै सेवा सुचारु गर्ने निर्णय गरेको हो ।
अस्पतालका निर्देशक डा।भोजराज जोशीले कोरोना बिरामीहरूका लागि कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गरेकोमा हाल उक्त बिरामीहरूको चाप घटेको र अन्य बिरामीहरूलाई ओपिडी समेत बन्द भएकोले बिरामीहरूलाई पर्न गएको मर्कालाई मध्यनजर गरी आइतबारदेखि ओपिडीसहित कोभिड र नन कोभिड सम्पूर्ण सेवा सञ्चालन हुने जनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button