तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक एकतालाई सुदृढ गर्ने एमाले स्थायी कमिटी बैठकको निर्णय

काठमाडौँ । नेकपा एमालेले आन्तरिक एकतालाई सुदृढ गर्नका लागि अन्तिम समयसम्म पनि प्रयत्न जारी गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि प्रयत्न जारी राख्ने विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा, लुम्बिनी प्रदेशको उपनिर्वाचनमा अन्तर्घातका कारण पराजित भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा विगठनपछि अदालतमा विचाराधीन मुद्दालाई प्रभावित हुने गरी चलाइएका दबाब, अस्वास्थ्य खालका गतिविधिको बैठकमा समीक्षा भएको पनि जानकारी दिनुभयो ।
बैठकमा, सरकारले प्रस्तुत गरेको बजेट अहिलेको आवश्यकतालाई पूर्ति गर्ने, कोभिडसँगको लडाइँलाई केन्द्रित गर्ने र कोभिडपछिको आर्थिक पुर्नउत्थान गर्ने गरी आएको विषयमा पनि छलफल भएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button