तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि

काठमाडौँ । नेपालमा कोरोनाको परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भारतमा गरिएको जिन स्क्विन्सिङको नतिजा अनुसार ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको जनाइएको छ ।
नयाँ भाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेकाले जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारी लागि मन्त्रालयले अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button