तपाईँ सुन्दै हुनुहुन्छः

हुम्ला र नुवाकोटमा १५ दिन निषेधाज्ञा थप

हुम्ला । हुम्ला जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरूमा नियन्त्रण गर्नेलगायत निर्णय गरेको छ ।
यसैगरि, कोरोना भाइरसको सङ्क्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा पनि लगाइएको निषेधाज्ञा आजदेखि पुनः १५ दिन थप गरिएको छ ।
गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button