तपाईँ सुन्दै हुनुहुन्छः

जसपा तत्काल सरकारमा सहभागी नहुने (प्रेस विज्ञप्ति सहित)

काठमाडौँ । जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मङ्गलवार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जसपा सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति अनुसार तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
यदि आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था भए मात्र सरकारमा सहभागी हुने वक्तव्यमा उल्लेख छ ।
त्यस्तै जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button