तपाईँ सुन्दै हुनुहुन्छः

खैरहनीबाट १ लाख ७८ हजार नगदसहित ७ जुवाडे पक्राउ 

चितवन ।  चितवनमा १ लाख ७८ हजार २सय ८५ रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ८ का घरधनी रोशन श्रेष्ठ, सोही वडाका तिलक बहादुर मगर, कमल श्रेष्ठ रहेका छन् । यस्तै कमल श्रेष्ठ, टोप बहादुर गुरुङ, भीम बहादुर श्रेष्ठ, नील पुन र प्रेम प्रसाद महतो पक्राउ परेका हुन् ।
रोशन श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि उनीहरूलाई शुक्रवार दिउसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सरोज गिरीले जानकारी दिनुभयो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button