तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि रकम निकासाको सहमति

file photo

काठमाडौँ । अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ निकासाको सहमति दिएको छ ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको निकासाको लागि सहमति दिएको हो ।
यस्तै केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माग अनुरूप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button