तपाईँ सुन्दै हुनुहुन्छः

दमौली अस्पतालमा सुरु भयो कोरोना सङ्क्रमितको उपचार

तनहुँ । तनहुँको दमौली अस्पतालले कोरोना सङ्क्रमितको उपचार सुरु गरेको छ । अस्पतालले मङ्गलवारदेखि कोरोना सङ्क्रमितलाई भर्ना गरेर उपचार सुरु गरेको हो ।
अहिले अस्पतालमा ५ जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यालले जानकारी दिनुभयो । व्यास नगरपालिकाका ४ जना र म्याग्दे गाउँपालिकाका १ जना कोरोना सङ्क्रमितको उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । सबै कोरोना संक्रमित निमोनियाबाट पीडित छन् ।
उहाँले भन्नुभयो ‘भर्ना हुनुभएका सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएकाले अक्सिजन र अत्यावश्यक औषधी दिइएको छ ।’
दमौली अस्पतालमा १६ जना सङ्क्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । अस्पतालले जनरल वार्डलाई कोरोना कक्षमा रूपान्तरण गरेको थियो । अस्पतालमा ७ आइसियु र ४ वटा भेन्टिलेटर सहितको शैय्या तयार रहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button