तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञा अवज्ञा गर्ने पाँच व्यापारी पक्राउ

symbolic picture

सुर्खेत । सुर्खेतमा  निषेधाज्ञाको अवज्ञा गर्ने ५ व्यापारी पक्राउ गरेका छन् ।

सुर्खेत प्रहरीले आज (सोमबार) कोभिड–१९, जोखिम रोकथाम, नियन्त्रणका लागि स्थानीय प्रशासनले लागु गरेको निषेधाज्ञाको अवज्ञा गर्दै पसल सञ्चालन गर्ने वीरेन्द्रनगर–६, का लक्ष्मी थापा, रूपकला खड्का, रुपा सारू, जगत् बिसी र जनक भट्टराईलाई पक्राउ गरेको हो ।

प्रहरीले तोकिएको समय भन्दा बढी पसल सञ्चालन नगर्न चेतावनी दिँदा समेत निषेधाज्ञा उल्लङ्घन गरी व्यापार, व्यवसाय गरेपछि पक्राउ गरिएको सुर्खेतका प्रहरी प्रमुख –एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिनु भयो ।

उहाँले नियन्त्रणमा लिइएका व्यापारीलाई संक्रमण रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को  दफा ६ को उपदफा  (३) बमोजिम कारबाही अघि बढाइएको बताउनु भयो ।

सुर्खेत प्रशासनले वैशाख १४ गते राती १२ः०० बजेदेखि वैशाख ३१ गते राती १२ः०० बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button