तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा थप १ कोरोना सङ्क्रमितको मृत्यु, मृतकको सङ्ख्या ५ पुग्यो

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृतक बलरा नगरपालिका वडा नं.३ को रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
योसँगै सर्लाहीमा कोरोना बाट ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ । यस अघि मलंगवा नगरपालिकामा १ जना,बसवरीया गाउँपालिकामा १ जना, रामनगर गाउँपालिकामा १ जना र लालबन्दी नगरपालिकामा १ जना गरी ४ जना कोरोना संक्रमित व्यक्तिहरूको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख श्रवण कुमार नायकले जानकारी दिए ।
यसैगरी सर्लाहीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ६४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button