तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा ६ जनाको मृत्यु, ४ सय ९२ नयाँ सङ्क्रमित

भैरहवा । रुपन्देही जिल्लामा कोरोना आक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ९२ जना नयाँ कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ९० जना महिला, १ सय  १ जना पुरुष सङ्क्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा ३८ जना महिला र ४२ जना पुरुष नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।
हालसम्म रुपन्देही जिल्लामा १८ हजार ७० जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ११ हजार ४ सय १७ जना निको भएका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या २ सय ६८ जना र सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३ सय ८५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button