तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने ‘अक्सिजन लिक्विड’ आइपुगेको छ । आइतबार दिउँसो ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङ्कर अस्पताल परिसरमा पुगेको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि १४ टन ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङ्कर अस्पताल परिसरमा पुगेको हो । वीरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भइरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासन प्रमुख सञ्जय पन्तले जानकारी दिनुभयो ।
लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल ल्याइएको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासन प्रमुख पन्तले जानकारी दिनुभयो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले लिक्विड अक्सिजन अभावमा केही दिन अघि देखि कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै अस्पतालमा कोभिडका बिरामीको भर्ना लिन बन्द गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button