तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक आयोगहरूका रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्को आज बसेको बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगहरूमा रिक्त पदहरूमा विभिन्न व्यक्तिहरूको नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको परिषद्को बैठकले संवैधानिक आयोगका रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको परिषद्का सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभाका अध्यक्ष तिम्लिसिना उपस्थित हुनुहुन्थ्यो भने प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित हुनु भएन ।

यसअघि काँग्रेसले संवैधानिक परिषद्का पदेन सदस्य, प्रमुख प्रतिपक्ष दलका नेता देउवा परिषद् बैठकमा सहभागी नहुने जनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button