तपाईँ सुन्दै हुनुहुन्छः

कमलबजार प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जना कोरोना संक्रमित पुष्टि

अछाम। अछामको कमलबजार पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २७ जना पुरुष र १७ जना महिला गरी ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिनुभयो । जिल्लाका कमलबजार, मङ्गलसेन र साँफेबगर नगरपालिकाका ७७ जनाको स्वाब परिक्षण गर्दा ४४ जना अर्थात् ५७ दशमलव १४ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हाे ।

कमलबजार नगरपालिकाका वडा नम्बर १, २, ५ र ८ का १९ वर्षदेखि ५२ बर्ससम्मका ११ जना पुरुष र ३ जना महिला गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ । यसै गरी मङ्गलसेन नगपालिका वडा नम्बर ३,५,८ र ११ का ८ पुरुष र १० महिला गरी १८ जना र साँफेबगर नगरपालिका वडा नम्बर १,२,३,४ र १० का ८ पुरुष र ४ महिला गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमित १४ देखि ६५ बर्ष उमेर सम्मका रहेका छन् ।

प्रयोगशालामा हालसम्म ५ हजार ९७ जनाको परिक्षण गरिएकोमा ९ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button