तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञाको पाँचौँ दिन जनकपुरधाम सहितका बजार क्षेत्र सुनसान

जनकपुरधाम । बढ्दो कोरोना महामारीका कारणले प्रदेश नंं २ का ८ वटै जिल्लाहरूमा निषेधाज्ञा आदेश जारी भएको छ ।
धनुषा जिल्लामा पनि वैशाख २१ गते बिहानदेखि नै निषेधाज्ञा आदेश जारी भएपछि बजार तथा सडक पूर्ण रुपमा सुनसान बनेको छ । जनकपुरधाममा निषेधाज्ञाको पाँचौँ दिन बजार सडक क्षेत्र सुनसान बनेको हो ।
अत्यावश्यक काम विशेष बाहिर निस्कनेहरूलाई प्रहरीले रोकेर सोधपुछ गरेर मात्र छाड्ने गरेका छन् । प्रहरीले कढाइ गरेका कारणले नै निषेधाज्ञा आदेशको पूर्ण पालना भएको छ ।
जनकपुरधामको चोक चोकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरी कढाइ गरिएको छ ।
बिहान ६ बज देखि ९ बजेसम्म खाद्यान्न सहितको अति आवश्यक वस्तुहरूको बिक्री गर्ने पसल खुलेको बेलामा बजारमा बढी चहलपहल हुने गरेको छ । अन्य समयमा बजार क्षेत्र पूर्ण रुपमा  सुनसान बन्ने गरेको छ ।
बिहान अति आवश्यक सामानहरू किन्न आउनेलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाउनका लागि आग्रह गरिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button