तपाईँ सुन्दै हुनुहुन्छः

अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले अत्यावश्यक बाहेकका सबै कार्यालयको सेवा बन्द गर्न निर्देशन दिएको छ ।
कोभिडको जोखिम बढेपछि बुधवार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको सन्दर्भमा कार्यालयले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयलाई सेवा प्रवाह बन्द गर्न निर्देशन दिएको हो ।
कार्यालय सञ्चालनमा केही द्विविधा भएको भनी गुनासो आएकाले प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले सेवा प्रवाह बन्द गरी कर्मचारी उपस्थित भई आन्तरिक रुपमा कार्यसम्पादन गर्न आदेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button