तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

 काठमाडौं । पहिलो संस्करणको फ्रेञ्चाइच फूटबल नेपाल सुपर लीगमा आज दुई खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी आमने सामने हुनेछन् । सात अंक जोडेको विराटनगर चौथो तथा ६ अंक रहेको ललितपुर पाँचौ स्थानमा छ ।

५ खेल खेलेको विराटनगरले दुईमा जित, एकमा बराबरी र दुई खेल हारेको छ । उता ललितपुरले भने एक खेल जित्दा ३ मा बराबरी र एक खेल हारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो साँढे दुई बजे शुरु हुनेछ ।

त्यस्तै आजै हुने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

धनगढी शीर्ष स्थानमा रहेको टोली हो भने बुटवल पुछारबाट दोस्रो स्थानमा छ । ५ खेलबाट १० अंक जोडेको धनगढीले ३ खेल जित्दा एकमा बराबरी र एकमा हार व्यहोरेको छ ।

त्यस्तै एक खेल मात्र जितेको बुटवलले दुई खेल बराबरी र दुई खेल हारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साँढे पाँच बजे शुरु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button